Monday, January 16, 2017

विश्वको आधा जनसंख्या र ८ व्यक्तिको सम्पत्ति बराबर !


विश्वको आधा जनसंख्या र ८ व्यक्तिको सम्पत्ति बराबर !

३ माघ, काठमाडौं । विश्वभर रहेका मानिसहरुको आधा जनसंख्या र ८ महाधनाढ्यको सम्पत्ती बराबर रहेको एक अध्ययनले देखाएको छ । गरिबी घटाउने उद्देश्यका साथ गठन भएको संस्था अक्सफामले सार्वजनिक गरेको एक रिपोर्टमा महाधनाढ्यहरुको सम्पत्ति बढ्दै गएको देखिएको हो ।

रिपोर्टमा आठ धनाढ्य मध्ये अमेरिकाका ६ जना, स्पेन र मेक्सिकोबाट एक उद्योगपती समावेश छन् । जसमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सदेखि फेसबुकका संस्थापक मार्क जुकरबर्गसम्म छन् । ‘गरिब र धनिबीचको भिन्नता झनै बढ्दै गएको छ । यो पहिले अनुमान गरेभन्दा बढ्दै गएको छ’ अक्सफामको रिपोर्टमा भनिएको छ ।


साथै महिलाहरु अहिले पनि पुरुष भन्दा कम ज्यालादारीमा काम लगाउने प्रवृति रहेको अक्साफामले जनाएको छ । साथै अझै पुरुष बराबर महिलाले पनि ज्याला पाउन १ सय ७० वर्ष लाग्ने उसको आंकलन छ ।

कम ज्याला र कर छलीले दुरी बढाउँदै लग्यो

महाधनाढ्यहरुले कर छली गर्ने तथा मजदुरलाई ज्याला कम दिन गरेका कारण धनी र गरिबबिचको खाडल बढ्दै गएको अक्सफामको निष्कर्ष छ । साथै यस्ता महाधनाढ्यहरुले राजनीतिक दलहरुलाई समेत प्रभाव पारेको अक्सफाम बताउँछ ।

राजनीतिक दलहरुलाई प्रभाव पार्दै आफू अनुकुल निर्णयहरु गर्न लगाउने गरेका कारण समेत उनीहरु धनि बन्दै गएको उसको रिपोर्टमा उल्लेख छ । ‘सन् १९८८ देखि २०११ को बिचमा गरिबहरुको १० प्रतिशत ज्याला बढ्दा प्रतिब्यक्ति ६५ अमेरिकन डलर बढ्थ्यो । तर, महाधनाढ्यहरुको १ प्रतिशत मात्रै आम्दानी बृद्धि हुँदा पनि ११ हजार ८ सय अमेरिकन डलर बृद्धि हुन्थ्यो । जुन गरिब ब्यक्तिहरुको १० प्रतिशत बृद्धि भन्दा १ सय ८२ गुणा बढि हुन आउँछ ।’

पुरुषभन्दा महिलाको ज्याला कम

साथै महिलाहरु अहिले पनि पुरुष भन्दा कम ज्यालादारीमा काम लगाउने प्रबृति रहेको अक्साफामले जनाएको छ । साथै अझै पुरुष बराबर महिलाले पनि ज्याला पाउन १ सय ७० वर्ष लाग्ने अक्सफामको आंकलन छ ।

अक्सफामले गरेको एक अध्ययनमा फिलिपिन्समा महिलाहरुले दैनिक १२ घन्टा काम गरिरहेको र घन्टाको १ अमेरिकन डलर पनि मुस्किलले कमाएको देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

धनीहरुको कर बृद्धि गर्नुपर्ने

साथै सरकारले गरिब जनताहरुलाई पनि माथि उठाउने हो भने धनीहरुको कर बढाउनु पर्ने अक्सफामको निष्कर्ष छ । यसरी उठाएको कर रोजगारी सिर्जना तथा स्वास्थ्य र शिक्षामा खर्च गर्न उसले सुझाव दिएको छ ।

Saturday, January 7, 2017

अोम पुरीले पहिल्यै भनेका थिए - म मरेको खबर अचानक आउनेछ


चर्चित अभिनेता ओम पुरीको शुक्रबार बिहान निधन भएको हो। उनलाई मुटुको समस्या थियो।

व्यवसायिक फिल्म तथा प्यारालल फिल्म दुबैमा आफ्नो बेग्लै अमिट छाप छाडेका ६६ वर्षीय पुरी बलिउडका भर्साटायल कलाकारका रूपमा चिरपरिचित थिए।

अचानक भएको उनको निधनको खबरले सबैलाई चकित बनाएको छ। तर, केही समयअघि बिबिसीलाई दिएको अन्तरवार्तामा पुरीले आफ्नो मृत्यु यस्तै अचानक हुनसक्ने बताएका थिए।

बिबिसीमा उल्लेख भएअनुसार बिबिसीका एक पत्रकारसँगको अन्तरवार्तामा उनले भनेका थिए, ‘मृत्युको डर हुँदैन। रोगको डर हुन्छ। जब मानिस रोगले थलिएर लाचार हुन्छ तब अरुमाथि निर्भर हुने कुराको डर हुन्छ। मृत्युसँग डर लाग्दैन।’

सन् २०१५ को मार्चमा लिइएको अन्तरवार्तामा उनले भनेका थिए, ‘मृत्युको बारेमा कसैलाई थाहा पनि हुँदैन। सुतेकै बेला जान सकिन्छ। मेरो बारेमा भन्दा पनि तपाईंलई बिहान ७ बजेर २२ मिनेट जाँदा थाहा हुनेछ कि ओम पुरीको निधन भएको छ।’ यति भनेर उनी हाँसेका थिए।

नभन्दै उनको निधन यस्तै भयो। शुक्रबार अचानक नै उनको निधनको खबर आएको हो।
Source: setopati