मंसिर १९, २०७३- संविधान संशोधनमा ५ नम्बर प्रदेशका केही जिल्लालाई छुट्याएर प्रदेश चारमा गाभ्ने प्रस्तावका विरुद्ध मुलुकको पश्चिम भेगमा सुरु भएको आन्दोलन अझै मत्थर हुने संकेत देखिएको छैन । प्रस्ताव फिर्ता लिन माग गर्दै प्रभावित जिल्लाका दल, नागरिक समाज, उद्योगी संघसंस्था संयुक्त संघर्ष समिति नै गठन गरेर प्रदर्शनमा होमिएका छन् । लामो प्रदर्शनले स्थानीयको दैनिकी बिथोलिएको छ । जिल्ला ठप्प हुँदा पनि सरकारले माग बेवास्ता गरेको भन्दै प्रदर्शनकारीले आक्रोश पोखेको छ ।
आन्दोलनकारीले आइतबार पाँचौं दिन पनि रुपन्देही जिल्ला बन्द गराए । संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै एमाले, कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत दलका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिए । पूर्वपश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा सवारीसाधन चलेनन् । भित्री सडकमा पनि सवारी ठप्प भए । बजार, औद्योगीक प्रतिष्ठान, उद्योग, व्यवसाय, शिक्षणसंस्था खुलेनन् ।
बन्दको केन्द्रविन्दु बनाइएको बुटवलमा बिहानैदेखि प्रदर्शन थालिएको थियो । बन्दकर्ता मिलनचौक, राजमार्ग चौराह, पुष्पलाल पार्क, बसपार्क टा्रफिक चोक लगायतका स्थानमा भेला भएका थिए । एमाले रुपन्देहीका पूर्वअध्यक्ष भोजप्रसाद श्रेष्ठले विरोधलाई सबै दल र नागरिकको साझा बनाउन आफै सडकमा उत्रीएको बताए ।
संयुक्त जुलुस
विद्यार्थी संगठनले बुटवलमा संयुक्त विरोध रयाली निकाले । राजमार्ग चौराहबाट निस्केको रयाली मिलनचोक, बसपार्क हुँदै पुष्पलाल पार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभामा विद्यार्थी नेताहरुले नागरिकको राय सल्लाह बिना राष्ट्रिय अखण्डता खतरामा पर्ने गरि ल्याइएको संशोधन विधेक फिर्ता नहुदा सम्म एकजुट भएर आन्दोलन गर्ने बताए । माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश अधिकारीले प्रदेश नम्बर ५ छ्ट्याउने विधेक तत्काल यस क्षेत्रका नागरिक र अन्तत देशकै अहितमा भएकाले आन्दोलनमा होमिएको बताए । र्यालीमा नेवि संघ, अनेरास्ववीयू, अनेरास्ववीयू क्रान्तिकारी, का्रन्तिकारी विद्यार्थी संघ, अखिल छैठौ लगायतका विद्यार्थी संगठनहरुको सहभागीता रहेको थियो ।

आन्दोलन नगर्न कांग्रेसको अपिल
नेपाली कांग्रेस रुपन्देहीले जारी आन्दोनमा सहभागी नहुन आफ्ना कार्यकर्तालाई अपिल गरेको छ । कांग्रेस जिल्ला सभापति तथा सांसद अब्दुल रज्जाकले आइतवार बिज्ञप्तिमार्फत मधेसी मोर्चा सहमतिमा आई देशले निकास पाउछ भने नेपाली काग्रेस रुपन्देही संसोधन प्रस्तावको पक्षमा रहेको जनाएका छन् । विज्ञप्तीमा प्रस्तावका बिषयमा नेकपा एमालेले दोहोरो चरीत्र देखाएर जनता अलमलाउन खोजेको आरोप लगाउँदै निहीत स्वार्थमा उसले गरिरहेको आन्दोलनमा सहभागी नहुन भातृ संगठन र सुभेच्छुकलाई आग्रह गरिएको छ । ५ नम्वर प्रदेसबाट पहाडी जिल्ला अलग गराउने गरी एमालेले पहीलेनै ससोधन प्रस्तावमा हस्ताक्षर गरेको रज्जाकको दाबी छ।

कपिलवस्तु अनिश्चितकालीन बन्द
आन्दोलनको पाँचौं दिन कपिलवस्तु जिल्ला पनि ठप्प हुन पुग्यो । आन्दोलनकारीले अनिश्चितकालिन जिल्ला बन्द घोषणा गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा आइतवार विहानै देखी एमाले, कांग्रेस, राष्ट्रिय जनमोर्चा, माले, नागरिक समाज, बुद्धिजिवी र विद्यार्थी सडकमा उत्रेका थिए । बन्दले यातायात, उद्योग, कलकारखाना, व्यापार व्यवसाय प्रभावित बने । पिपरा, बनगाई, गोरुसिंगे, इमिलिया र चन्द्रौटामा बन्दकर्ता र स्थानीय सडकमा उत्रेर ५ नम्वर प्रदेश फुटाउन पाइँदैन भन्दै नाराबाजी गरेका थिए । यसैबीच जिल्लाका दलले जीतपुरमा संयुक्त वैठक गरी आन्दोलन सशक्त पार्ने निर्णय गरेका छन् । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल संयोजक र नेपाली कांग्रेसका युवा नेता डोलकराम घिमिरे संह संयोजक रहेको २३ सदस्यीय मुल संघर्ष समिति गठन गरिएको छ ।

बन्दप्रति आपत्ती
संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेश विभाजनको विषयलाई लिएर नेकपा एमालेले गरेको आन्दोलन प्रति कपिलवस्तुका २१ दलले विरोध जनाएका छन् । कांग्रेस, माओवादी केन्द्र, राप्रपा तथा मधेशी मोर्चामा आबद्ध दलले जिल्ला बन्दको विरोध गरेका छन् । दलले चार बुंदे प्रेस विज्ञप्ती जारी गर्दै एमालेले जनतामा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । एमालेको उक्त कलमले माओवादी जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेश आन्दोलनका समग्र उपलब्धी गुम्ने खतरा रहेको दलले बताएका छन् । राज्य पुर्नसंरचना आयोगले तयार गरेको पहिचान र सार्मथ्यका आधारमा ५ नम्बर प्रदेश विभाजन गरिएको हुदा प्रदेशबाट केही जिल्ला टुक्राउदा कुनै समस्या नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ । एमालेले प्रदेश विभाजन गर्ने गरि दर्ता गरिएको संशोधन विधेयक फिर्ता लिनुपर्ने भन्दै मंसिर १९ गते देखि आह्वान गरेको अनिश्चितकालिन जिल्ला बन्द फिर्ता लिन समेत आग्रह गरेका छन् ।

तम्घासमा राँके जुलुस
५ नं प्रदेश टुक्र्याउन लागेको बिरोधमा गुल्मीमा पनि दिनप्रति दिन आन्दोलन चर्किंदै गएको छ । अनिश्चतकालिन बन्दले जनजिवन प्रभावित भएको छ ।
पाँचौ दिन आइतबार आन्दोलनकारीले सदरमुकाममा राँके जुलुस प्रर्दशन गरे । लाँकुरी मञ्चबाट शुरु भएको जुलुसले बजार परिक्रमा गरेको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर बिरोध प्रर्दशन गरेका थिए ।

सभामा बोल्दै कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले सरकारले संसोधन फिर्ता लिएर अखण्ड ५ नं प्रदेश घोषणा नगरे सम्म कुनै पनि हालतमा आफुहरु आन्दोलनबाटपछि नहट्ने बताए ।
त्यसैगरि, गुल्मी उद्योग बाणिज्य संघले सोमबार तम्घासमा २० हजार जनालाई उतार्ने तयारी गरेको छ ।

अर्घाखाँचीमा प्रदर्शन
अर्घाखाँचीको बजार क्षेत्रमा आन्दोलन भइरहेका बेला अर्घाखाँचीका गाउँ–गाउँमा समेत विरोध प्रदशन शुरु भएको छ । दुई दिन देखि गाउँका सर्वसाधारणले ५ नम्बर प्रदेश टुक्राएको विरोधमा प्रदर्शन गरेका छन् । साता दिन देखि सदरमुकाममा विरोध छ । आइतवार पनि पुरै जिल्ला ठप्प भयो । गाउँमा सर्वसाधारणले नाराबाजी गर्दै प्रदेश टुक्राउने प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
अर्घाखाँचीको ठाडा, बल्कोट, अर्घातोष, मरेङ लगायतका गाउँमा नाराबाजी गर्दै प्रदेश टुक्राएकोमा विरोध भएको एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरेले बताए । ‘गाउँबाट सर्वसाधारण स्वतपूर्त विरोधमा उत्रिएका छन,’ उनले भने, ‘पहाड तराईलाई टुक्राएको विरोधमा पाटी विशेष भन्दा माथि उठेर सर्वसाधारण विरोधमा उत्रिए ।’ गाउँ स्तरबाट नागरिक विरोधमा उत्रिएपछि आन्दोलनलाई थप सशक्त बनाउन बल पुगेको उनले बताए ।

सोमबार सन्धिखर्कमा बृहत जनसभा गर्न तयारी भइरहेको छ । विरोधको लागि गाउँबाट ठूलो संख्यामा जनसहभागिता जुटने संयुक्त संघर्ष समितिका संयोजक एवं कांग्रेस सभापति विष्णु प्रसाद खनाल ‘मुस्कान’ ले बताए । सभालाई सम्बोधन गर्न पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांगेस केन्द्रिय सदस्य पुष्पा भुसाल, पूर्वकेन्द्रिय सदस्य रेवतीप्रसाद भुसाल लगायत एमालेका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभापछि आन्दोलन थप सशक्त हुने नेताहरुले बताएका छन् ।
मोटरसाइकल र टिपर तोडफोड
पाल्पाका बन्दकर्ताले पाल्पामा एक भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको टिपर तोडफोड गरेका छन् । बुटवलतर्फबाट पाल्पा आउदै गरेको मोटरसाइकल र टिपरलाई सिद्दार्थ राजमार्गको वृन्दावनमा तोडफोड गरेका हुन् । यहाँका युवा, विद्यार्थी, तरुणले राखेको अनिश्चितकालिन बन्दका बेला राजमार्गमा चलाएको तोडफोड गरेका हुन् ।

भारतीय नम्बर प्लेटको युपी ५३ ए जेड ०२५२ नम्बरको मोटरसाइकल र लु १ ख ५४८८ नम्बरको टिपरलाई तोडफोड गरेका हुन् । अघिल्लो सीमांकनअनुसार प्रदेश नम्बर ५ मा परेका पहाडी जिल्ला छुटाएर ४ नम्बरमा लैजाने सरकारको प्रस्तावविरुद्ध राजनीतिक दल, युवा, विद्यार्थी, तरुणले गरेको अनिश्चितकालीन आइपुग्दा जनजीवन कष्टकर बन्दै गएको छ । दलहरुले पेशाकर्मी, संचारकर्मी, नागरिक समाजसंँग अन्तरक्रिया गरेका छन् । ५ नम्बर प्रदेश टुक्रयाएको विरोधमा भोलि हुने जनप्रदर्शनलाई भव्य बनाउने बताए ।
अनिश्चितकालीन बन्दले तानसेन लगायत ग्रामीण भेगका साथै सिद्दार्थ राजमार्ग र गुल्मी, अर्घाखाँंची जाने सडकमा सवारी साधन बन्द भएको छ । विद्यार्थी र युवाहरु चोक र सडकमा नारा जुलुस गर्दै हिडेका छन् । तानसेनबाट छुट्ने लामो तथा छोटो दुरीको सवारी साधन बन्द भएका छन् । प्रेस, दूध, पानी, पर्यटक र एम्बुलेन्सलगायतका सवारीसाधनलाई भने प्रदर्शनकारीले चल्न दिएका छ्न ।
युवा संघद्धारा प्रदर्शन
लमजुङमा एमालेको भातृसंस्था युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेको छ । पार्टी कार्यालय र वरपरबाट निस्केका एमाले भातृसंगठनका कार्यकर्ताले ब्यानार र झण्डा लिएर भीमसेनस्थान चोकमा प्रदर्शन गरेका थिए । भीमसेनस्थान चोकमै उनीहरुले सभा गरे । आइतबार अपरान्ह उनीहरुले गरेको प्रदर्शनका कारण बेंसीसहरको भीमसेनस्थान चोकमा केही बेर सवारी आवागमन असहज बनेको थियो । प्रहरी र ट्राफिक मिलेर सवारी साधनलाई गन्तब्यमा जान सहज वातावरण बनाएको थियो । प्रदर्शनमा उत्रिएका युवाहरुले संविधान संशोधनको प्रस्ताव भारतको ‘डिजाइन’ मा भएको आरोप लगाएका थिए । संशोधन प्रस्ताव विरुद्ध जनसागर उर्लिएको भन्दै उनीहरुले फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए । फिर्ता नलिए उनीहरुले रगतको खोलो बग्ने सम्मको चेतावनी दिए ।

युवा संघ जिल्ला संयोजक हिरालाल विकले संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा संशोधन गर्नतर्फ लागेर सरकार ‘उल्टो बाटो’ हिँड्न खोजेको आरोप लगाए । उनले भारतको इशारामा सरकारले संविाधन संशोधन गर्न खोजेको आरोप लगाए । ‘जस्का लागि संशोधन भनिएको छ, जुन ठाउँको लागि भनिएको छ, त्यहींका जनता मानिरहेका छैनन् । जवर्जस्ती संशोधन गरिए रगतको खोलो बग्नसक्छ’ उनले भने ।
युवा संघका केन्द्रीय सदस्य गोविन्द बस्नेतले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म विरोध प्रदर्शन जारी राख्ने बताए । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य जुन तामाङले संविधान संशोधनको विषयलाई लिएर संविधान तुहाउने खेल भइरहेको आरोप लगाए । ‘पहिले संविधान कार्यान्वयन गर्नुपर्नेमा कार्यान्वयन नगरी संशोधनमात्रै गर्दै गए देश कहाँ पुग्छ ?’ उनले भने । अहिलेको संविधान संशोधन प्रस्ताव विदेशी चलखेलमा भएकाले मान्न नसकिने उनीहरुले बताएका छन् । विरोध प्रदर्शन कार्यक्रममा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल, उपसचिव शुभाष पौडेल लगायत समेत थिए ।

,