Monday, January 16, 2017

विश्वको आधा जनसंख्या र ८ व्यक्तिको सम्पत्ति बराबर !


विश्वको आधा जनसंख्या र ८ व्यक्तिको सम्पत्ति बराबर !

३ माघ, काठमाडौं । विश्वभर रहेका मानिसहरुको आधा जनसंख्या र ८ महाधनाढ्यको सम्पत्ती बराबर रहेको एक अध्ययनले देखाएको छ । गरिबी घटाउने उद्देश्यका साथ गठन भएको संस्था अक्सफामले सार्वजनिक गरेको एक रिपोर्टमा महाधनाढ्यहरुको सम्पत्ति बढ्दै गएको देखिएको हो ।

रिपोर्टमा आठ धनाढ्य मध्ये अमेरिकाका ६ जना, स्पेन र मेक्सिकोबाट एक उद्योगपती समावेश छन् । जसमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सदेखि फेसबुकका संस्थापक मार्क जुकरबर्गसम्म छन् । ‘गरिब र धनिबीचको भिन्नता झनै बढ्दै गएको छ । यो पहिले अनुमान गरेभन्दा बढ्दै गएको छ’ अक्सफामको रिपोर्टमा भनिएको छ ।


साथै महिलाहरु अहिले पनि पुरुष भन्दा कम ज्यालादारीमा काम लगाउने प्रवृति रहेको अक्साफामले जनाएको छ । साथै अझै पुरुष बराबर महिलाले पनि ज्याला पाउन १ सय ७० वर्ष लाग्ने उसको आंकलन छ ।

कम ज्याला र कर छलीले दुरी बढाउँदै लग्यो

महाधनाढ्यहरुले कर छली गर्ने तथा मजदुरलाई ज्याला कम दिन गरेका कारण धनी र गरिबबिचको खाडल बढ्दै गएको अक्सफामको निष्कर्ष छ । साथै यस्ता महाधनाढ्यहरुले राजनीतिक दलहरुलाई समेत प्रभाव पारेको अक्सफाम बताउँछ ।

राजनीतिक दलहरुलाई प्रभाव पार्दै आफू अनुकुल निर्णयहरु गर्न लगाउने गरेका कारण समेत उनीहरु धनि बन्दै गएको उसको रिपोर्टमा उल्लेख छ । ‘सन् १९८८ देखि २०११ को बिचमा गरिबहरुको १० प्रतिशत ज्याला बढ्दा प्रतिब्यक्ति ६५ अमेरिकन डलर बढ्थ्यो । तर, महाधनाढ्यहरुको १ प्रतिशत मात्रै आम्दानी बृद्धि हुँदा पनि ११ हजार ८ सय अमेरिकन डलर बृद्धि हुन्थ्यो । जुन गरिब ब्यक्तिहरुको १० प्रतिशत बृद्धि भन्दा १ सय ८२ गुणा बढि हुन आउँछ ।’

पुरुषभन्दा महिलाको ज्याला कम

साथै महिलाहरु अहिले पनि पुरुष भन्दा कम ज्यालादारीमा काम लगाउने प्रबृति रहेको अक्साफामले जनाएको छ । साथै अझै पुरुष बराबर महिलाले पनि ज्याला पाउन १ सय ७० वर्ष लाग्ने अक्सफामको आंकलन छ ।

अक्सफामले गरेको एक अध्ययनमा फिलिपिन्समा महिलाहरुले दैनिक १२ घन्टा काम गरिरहेको र घन्टाको १ अमेरिकन डलर पनि मुस्किलले कमाएको देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

धनीहरुको कर बृद्धि गर्नुपर्ने

साथै सरकारले गरिब जनताहरुलाई पनि माथि उठाउने हो भने धनीहरुको कर बढाउनु पर्ने अक्सफामको निष्कर्ष छ । यसरी उठाएको कर रोजगारी सिर्जना तथा स्वास्थ्य र शिक्षामा खर्च गर्न उसले सुझाव दिएको छ ।

Saturday, January 7, 2017

अोम पुरीले पहिल्यै भनेका थिए - म मरेको खबर अचानक आउनेछ


चर्चित अभिनेता ओम पुरीको शुक्रबार बिहान निधन भएको हो। उनलाई मुटुको समस्या थियो।

व्यवसायिक फिल्म तथा प्यारालल फिल्म दुबैमा आफ्नो बेग्लै अमिट छाप छाडेका ६६ वर्षीय पुरी बलिउडका भर्साटायल कलाकारका रूपमा चिरपरिचित थिए।

अचानक भएको उनको निधनको खबरले सबैलाई चकित बनाएको छ। तर, केही समयअघि बिबिसीलाई दिएको अन्तरवार्तामा पुरीले आफ्नो मृत्यु यस्तै अचानक हुनसक्ने बताएका थिए।

बिबिसीमा उल्लेख भएअनुसार बिबिसीका एक पत्रकारसँगको अन्तरवार्तामा उनले भनेका थिए, ‘मृत्युको डर हुँदैन। रोगको डर हुन्छ। जब मानिस रोगले थलिएर लाचार हुन्छ तब अरुमाथि निर्भर हुने कुराको डर हुन्छ। मृत्युसँग डर लाग्दैन।’

सन् २०१५ को मार्चमा लिइएको अन्तरवार्तामा उनले भनेका थिए, ‘मृत्युको बारेमा कसैलाई थाहा पनि हुँदैन। सुतेकै बेला जान सकिन्छ। मेरो बारेमा भन्दा पनि तपाईंलई बिहान ७ बजेर २२ मिनेट जाँदा थाहा हुनेछ कि ओम पुरीको निधन भएको छ।’ यति भनेर उनी हाँसेका थिए।

नभन्दै उनको निधन यस्तै भयो। शुक्रबार अचानक नै उनको निधनको खबर आएको हो।
Source: setopati

Wednesday, December 28, 2016

विदेशमा रहेका नेपालीलाई अत्यन्तै खुसीको समाचार


काठमाण्डु, १३ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचनआयुक्त अयोधीप्रसाद यादवले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन बुधबार प्रस्तुत गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा आयोगले आफ्नो वार्षिक प्रगति राष्ट्रपतिसमक्ष पेस गर्ने परम्पराअनुरुप विसं २०७२ साउन १ देखि ०७३ असार मसान्तसम्ममा सम्पादन गरेका कार्यको विवरण समेटिएको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनको सारांश प्रस्तुत गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी २०७४ माग ७ भित्र तीन तहको निर्वाचन गर्नुपर्ने आयोगको चुनौतीलाई सहजरुपमा व्यवस्थापन गर्न आयोगले सम्पूर्ण शक्ति परिचालन गर्ने बताए ।
‘विभिन्न तहका निर्वाचन व्यवस्थापनको चुनौतीलाई आयोगले अवसरका रुपमा लिएको छ, आयोगको दक्षता, क्षमता र स्वच्छन्दताको प्रदर्शन गरी सफल निर्वाचन गर्न प्रतिबद्ध छौँ, त्यसका लागि आवश्यक कानुन, नियमावली र निर्देशिका बनाउन जरुरी छ, यसतर्फ सरोकारवालाको ध्यानाकर्षण हुन जरुरी छ’– उनले भने ।

आयोगले आफ्नो कार्य–व्यवस्थापनलाई प्रभावकारी बनाउन दोस्रो पञ्चवर्षीय रणनीतिक योजना २०१ देखि ०७६ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी कार्य सञ्चालन पद्धतिलाई थप प्रभावकारी बनाउन मतदाता शिक्षा नीति, पर्यवेक्षण नीति, लैङ्गिक तथा समावेशीकरण नीति कार्यान्वयन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

मतदाता हुन योग्य नेपालीको नाम मतदाता नामावलीमा समावेश गर्ने उद्देश्यले आयोगले पाँच वटा क्षेत्रीय निर्वाचन र ७० वटा जिल्ला निर्वाचन कार्यालय, ७५ वटै जिल्ला प्रशासन कार्यालय र तोकिएका विभिन्न २६ टा इलाका प्रशासन कार्यालयमा वर्षैभरि निरन्तर मतदान दर्ता सञ्चालन भइरहेको जनाएको छ ।

त्यसैगरी निर्वाचन शिक्षामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न विभिन्न प्रशिक्षा, घुम्ती सेवा आदि सञ्चालन गरेको, निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग विस्तारका लागि सफ्टवेर निर्माण गरी काम भइरहेको आयोगले जनाएको छ । प्रतिवेदनअनुसार विभिन्न तहको निर्वाचनका लागि आवश्यक विभिन्न नौ वटा ऐन तर्जुमाका लागि सम्बन्धित निकायमा पठाइएको छ । संविधानअनुसार विभिन्न तहको निर्वाचन व्यवस्थापनका लागि पूर्वतयारी, निर्वाचनसम्बन्धी कानुन, नियमावली निर्माणमा चुनौती रहेको आयोगले ठह¥याएको छ ।

त्यसैगरी मतदाता नामावली दर्ता तथा अधावधिक कार्यलाई थप प्रभावकारी बनाउने, मतदाता परिचयपत्रलाई स्थायी प्रकृतिको बनाउने, विदेशमा रहेका मतदाताको नामावलीमा दर्ता गराउने तथा निर्वाचन व्यवस्थापनमा नवीन प्रविधिको प्रयोग, राजनीतिक दलको नियमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने, भूकम्पबाट क्षति पुगेका मतदान केन्द्रको पुनःनिर्माणलाई आयोगले प्रमुख चुनौतीका रुपमा लिएको छ ।
रासस

Tuesday, December 27, 2016

सेनाले विस्फोटक प्लान्ट किन्दै


काठमाडौं: नेपाली सेना र उद्योग मन्त्रालयले मकवानपुरको सुनाचुरीस्थित इमल्सन प्लान्टले उत्पादन गर्दै आएको विस्फोटक पदार्थ पर्याप्त नभएको भन्दै थप प्लान्ट खरिद प्रक्रिया अघि बढाएको छ । प्लान्ट खरिदका लागि नेपाली सेना कल्याणकारी कोष र उद्योग मन्त्रालयले एलसीसमेत खोलिसकेका छन् ।
रक्षामन्त्री बालकृष्ण खाँडले विस्फोटक पदार्थमा आत्मनिर्भर हुन थप लगानी आवश्यक भएको भन्दै सरकारले यसका लागि आवश्यक पर्ने सबै व्यवस्था गर्ने बताए । 'पूर्वाधार निर्माणमा अत्यावश्यक विस्फोटक पदार्थ उत्पादनका लागि क्षमता वृद्धि गर्नुपर्ने देखिएको छ', खाँडले अन्नपूर्णसँग भने, 'कच्चा पदार्थ ल्याएर नेपालमै उत्पादन गर्न सके ठूलो परिमाणमा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दैन ।'
विस्फोटक पदार्थ उत्पादनको अवस्था र त्यसको क्षमता वृद्धि गर्नेबारे निरीक्षणका लागि रक्षामन्त्री खाँड, प्रधानसेनापति राजेन्द्र क्षेत्री, रक्षासचिव श्रीधर सापकोटालगायत सेनाका उच्च अधिकारी आइतबार सुनाचुरी पुगेका थिए ।
सुनाचुरीमा विस्फोटक उत्पादन गर्ने एउटामात्र प्लान्ट कच्चा पदार्थ अभावमा बन्द छ । विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आयात हुँदै आए पनि प्राविधिक समस्याका कारण केही समयदेखि रोकिएको सैनिक स्रोतले बतायो ।
नयाँ प्लान्ट खरिद प्रक्रियामा कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानी छ । उत्पादन रोकिएको र भण्डारण पनि नभएपछि विकास निर्माणका लागि विस्फोटक पदार्थ अभाव देखिएको छ । 'प्राविधिक समस्याले कच्चा पदार्थ आउन रोकिएको थियो,' सैनिक स्रोतले भन्यो, 'कच्चा पदार्थ आउने बाटो खुलिसक्यो । आउनेबित्तिकै उत्पादन थाल्छौं ।' 'एम्युनियम नाइट्रेड' अभावमा विस्फोटक पदार्थ उत्पादन हुन नसकेको सैनिक स्रोतले बताएको छ । अहिले भएको इमल्सन प्लान्टले एक हजार दुई सय मेट्रिकटन विस्फोटक पदार्थ मात्र उत्पादन गर्ने क्षमता राख्छ । नेपालमा दुई हजारदेखि चार हजार पाँच सय मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक पर्दछ ।
मागअनुसार विस्फोटक पदार्थ उत्पादन गर्न नसकेपछि उद्योग मन्त्रालय र सैनिक कल्याणकारी कोषले थप एउटा इमल्सन प्लान्ट खरिद गर्ने प्रक्रिया अघि बढाएका हुन् । सुनाचुरी इमल्सन प्लान्टबाट उत्पादन गर्दै आएको विस्फोटक पदार्थ पूर्वाधार निर्माण, जलविद्युत्, सडक निर्माणका लागि प्रयोग हुँदै आएको छ ।
नेपाली सेनाले उत्पादित विस्फोटक पदार्थ नेपाल सरकारको स्वीकृतिमा परियोजना निर्माणका लागि दिँदै आएको छ । सम्बन्धित परियोजनाका लागि आवश्यक विस्फोटक पदार्थ परियोजना सञ्चालन भएको जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेपछि सम्बन्धित मन्त्रालयले स्वीकृत दिन्छ ।
Source: Annapurna post

Monday, December 5, 2016

Jakarta governor protests: Thousands attend unity rally

Dec 5, 2016- Tens of thousands of people have turned out for what was billed as a unity rally in Indonesia's capital Jakarta, held to counter demonstrations against the city's governor.
Basuki Tjahaja Purnama, better known as "Ahok", is accused of insulting Islam during election campaigning.
Two protests against him, the last bringing together 200,000 conservative Muslims, have been held in the city.
Indonesia is the world's largest Muslim-majority nation.
Mr Purnama is Christian and ethnic Chinese - a double minority in Indonesia, where ethnic Chinese are about 1% of the population.
Sunday's counter-rally was pitched as a "parade of Indonesian culture".
It featured traditional dances from across the country and a giant flag proclaiming "We Are Indonesia". Police said 30,000 people attended the rally.
The Jakarta Post said the rally was organised by two parties that are part of President Joko Widodo's coalition. Mr Widodo is a political ally of Mr Purnama, but turned up for the last rally against him on Friday.
Speaking from the stage on Sunday, Surya Paloh, the chairman of the National Democratic Party, said Indonesians could not work together if they were "scattered, blaspheming, humiliating each other and no longer trust each other".
In a campaign speech in September, Mr Purnama said Islamic groups who were using a Koranic verse to discourage support for him were deceiving voters. The verse is interpreted by some as prohibiting Muslims from living under the leadership of a non-Muslim.

Islamic groups said he had criticised the Koran and lodged complaints with the police.
Mr Purnama later apologised but denied committing blasphemy, which carries a maximum five-year jail sentence.
On Wednesday, Indonesian prosecutors confirmed his case could go to trial.
A large protest against the governor on 4 November turned violent, leaving one man dead and dozens of police and demonstrators injured. A larger rally was held on Friday.
source : kathmandu post

Sunday, December 4, 2016

पश्चिम नेपालका बिभिन्न भागमा पाँचौ दिन पनि प्रदर्शन

मंसिर १९, २०७३- स‌ंविधान स‌ंशोधनमा ५ नम्बर प्रदेशका केही जिल्लालाई छुट्याएर प्रदेश चारमा गाभ्ने प्रस्तावका विरुद्ध मुलुकको पश्चिम भेगमा सुरु भएको आन्दोलन अझै मत्थर हुने संकेत देखिएको छैन । प्रस्ताव फिर्ता लिन माग गर्दै प्रभावित जिल्लाका दल, नागरिक समाज, उद्योगी संघसंस्था संयुक्त संघर्ष समिति नै गठन गरेर प्रदर्शनमा होमिएका छन् । लामो प्रदर्शनले स्थानीयको दैनिकी बिथोलिएको छ । जिल्ला ठप्प हुँदा पनि सरकारले माग बेवास्ता गरेको भन्दै प्रदर्शनकारीले आक्रोश पोखेको छ । 
 आन्दोलनकारीले आइतबार पाँचौं दिन पनि रुपन्देही जिल्ला बन्द गराए । संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै एमाले, कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत दलका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिए । पूर्वपश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा सवारीसाधन चलेनन् । भित्री सडकमा पनि सवारी ठप्प भए । बजार, औद्योगीक प्रतिष्ठान, उद्योग, व्यवसाय, शिक्षणसंस्था खुलेनन् । 
बन्दको केन्द्रविन्दु बनाइएको बुटवलमा बिहानैदेखि प्रदर्शन थालिएको थियो । बन्दकर्ता मिलनचौक, राजमार्ग चौराह, पुष्पलाल पार्क, बसपार्क टा्रफिक चोक लगायतका स्थानमा भेला भएका थिए । एमाले रुपन्देहीका पूर्वअध्यक्ष भोजप्रसाद श्रेष्ठले विरोधलाई सबै दल र नागरिकको साझा बनाउन आफै सडकमा उत्रीएको बताए । 
संयुक्त जुलुस
विद्यार्थी संगठनले  बुटवलमा संयुक्त विरोध रयाली निकाले । राजमार्ग चौराहबाट निस्केको रयाली मिलनचोक, बसपार्क हुँदै पुष्पलाल पार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभामा विद्यार्थी नेताहरुले नागरिकको राय सल्लाह बिना राष्ट्रिय अखण्डता खतरामा पर्ने गरि ल्याइएको संशोधन विधेक फिर्ता नहुदा सम्म एकजुट भएर आन्दोलन गर्ने बताए । माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश अधिकारीले प्रदेश नम्बर ५ छ्ट्याउने विधेक तत्काल यस क्षेत्रका नागरिक र अन्तत देशकै अहितमा भएकाले आन्दोलनमा होमिएको बताए । र्‍यालीमा नेवि संघ, अनेरास्ववीयू, अनेरास्ववीयू क्रान्तिकारी, का्रन्तिकारी विद्यार्थी संघ, अखिल छैठौ लगायतका विद्यार्थी संगठनहरुको सहभागीता रहेको थियो ।
आन्दोलन नगर्न कांग्रेसको अपिल 
नेपाली कांग्रेस रुपन्देहीले जारी आन्दोनमा सहभागी नहुन आफ्ना कार्यकर्तालाई अपिल गरेको छ । कांग्रेस जिल्ला सभापति तथा सांसद अब्दुल रज्जाकले आइतवार बिज्ञप्तिमार्फत मधेसी मोर्चा सहमतिमा आई देशले निकास पाउछ भने नेपाली काग्रेस रुपन्देही संसोधन प्रस्तावको पक्षमा रहेको जनाएका छन् । विज्ञप्तीमा प्रस्तावका बिषयमा नेकपा एमालेले दोहोरो चरीत्र देखाएर जनता अलमलाउन खोजेको आरोप लगाउँदै निहीत स्वार्थमा उसले गरिरहेको आन्दोलनमा सहभागी नहुन भातृ संगठन र सुभेच्छुकलाई आग्रह गरिएको छ । ५ नम्वर प्रदेसबाट पहाडी जिल्ला अलग गराउने गरी एमालेले पहीलेनै ससोधन प्रस्तावमा हस्ताक्षर गरेको रज्जाकको दाबी छ। 
कपिलवस्तु अनिश्चितकालीन बन्द 
आन्दोलनको पाँचौं दिन कपिलवस्तु जिल्ला पनि ठप्प हुन पुग्यो ।  आन्दोलनकारीले अनिश्चितकालिन जिल्ला बन्द घोषणा गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा आइतवार विहानै देखी एमाले, कांग्रेस, राष्ट्रिय जनमोर्चा, माले, नागरिक समाज, बुद्धिजिवी र विद्यार्थी सडकमा उत्रेका थिए । बन्दले यातायात, उद्योग, कलकारखाना, व्यापार व्यवसाय प्रभावित बने । पिपरा, बनगाई, गोरुसिंगे, इमिलिया र चन्द्रौटामा बन्दकर्ता र स्थानीय सडकमा उत्रेर ५ नम्वर प्रदेश फुटाउन पाइँदैन भन्दै नाराबाजी गरेका थिए । यसैबीच जिल्लाका दलले जीतपुरमा संयुक्त वैठक गरी आन्दोलन सशक्त पार्ने निर्णय गरेका छन् । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल संयोजक र नेपाली कांग्रेसका युवा नेता डोलकराम घिमिरे संह संयोजक रहेको २३ सदस्यीय मुल संघर्ष समिति गठन गरिएको छ ।  
बन्दप्रति आपत्ती 
संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेश विभाजनको विषयलाई लिएर नेकपा एमालेले गरेको आन्दोलन प्रति कपिलवस्तुका २१ दलले विरोध जनाएका छन् । कांग्रेस, माओवादी केन्द्र, राप्रपा तथा मधेशी मोर्चामा आबद्ध दलले जिल्ला बन्दको विरोध गरेका छन् । दलले चार बुंदे प्रेस विज्ञप्ती जारी गर्दै एमालेले जनतामा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । एमालेको उक्त कलमले माओवादी जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेश आन्दोलनका समग्र उपलब्धी गुम्ने खतरा रहेको दलले बताएका छन् । राज्य पुर्नसंरचना आयोगले तयार गरेको पहिचान र सार्मथ्यका आधारमा ५ नम्बर प्रदेश विभाजन गरिएको हुदा प्रदेशबाट केही जिल्ला टुक्राउदा कुनै समस्या नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ । एमालेले प्रदेश विभाजन गर्ने गरि दर्ता गरिएको संशोधन विधेयक फिर्ता लिनुपर्ने भन्दै मंसिर १९ गते देखि आह्वान गरेको अनिश्चितकालिन जिल्ला बन्द फिर्ता लिन समेत आग्रह गरेका छन् । 
तम्घासमा राँके जुलुस
५ नं प्रदेश टुक्र्याउन लागेको बिरोधमा गुल्मीमा पनि दिनप्रति दिन आन्दोलन चर्किंदै गएको छ । अनिश्चतकालिन बन्दले जनजिवन प्रभावित भएको छ ।
पाँचौ दिन आइतबार आन्दोलनकारीले सदरमुकाममा राँके जुलुस प्रर्दशन गरे । लाँकुरी मञ्चबाट शुरु भएको जुलुसले बजार परिक्रमा गरेको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर बिरोध प्रर्दशन गरेका थिए । 
सभामा बोल्दै कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले सरकारले संसोधन फिर्ता लिएर अखण्ड ५ नं प्रदेश घोषणा नगरे सम्म कुनै पनि हालतमा आफुहरु आन्दोलनबाटपछि नहट्ने बताए ।
त्यसैगरि, गुल्मी उद्योग बाणिज्य संघले सोमबार तम्घासमा २० हजार जनालाई उतार्ने तयारी गरेको छ । 
अर्घाखाँचीमा प्रदर्शन
अर्घाखाँचीको बजार क्षेत्रमा आन्दोलन भइरहेका बेला अर्घाखाँचीका गाउँ–गाउँमा समेत विरोध प्रदशन शुरु भएको छ । दुई दिन देखि गाउँका सर्वसाधारणले ५ नम्बर प्रदेश टुक्राएको विरोधमा प्रदर्शन गरेका छन् । साता दिन देखि सदरमुकाममा विरोध छ । आइतवार पनि पुरै जिल्ला ठप्प भयो । गाउँमा सर्वसाधारणले नाराबाजी गर्दै प्रदेश टुक्राउने प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
अर्घाखाँचीको ठाडा, बल्कोट, अर्घातोष, मरेङ लगायतका गाउँमा नाराबाजी गर्दै प्रदेश टुक्राएकोमा विरोध भएको एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरेले बताए । ‘गाउँबाट सर्वसाधारण स्वतपूर्त विरोधमा उत्रिएका छन,’ उनले भने, ‘पहाड तराईलाई टुक्राएको विरोधमा पाटी विशेष भन्दा माथि उठेर सर्वसाधारण विरोधमा उत्रिए ।’ गाउँ स्तरबाट नागरिक विरोधमा उत्रिएपछि आन्दोलनलाई थप सशक्त बनाउन बल पुगेको उनले बताए । 
सोमबार सन्धिखर्कमा बृहत जनसभा गर्न तयारी भइरहेको छ । विरोधको लागि गाउँबाट ठूलो संख्यामा जनसहभागिता जुटने संयुक्त संघर्ष समितिका संयोजक एवं कांग्रेस सभापति विष्णु प्रसाद खनाल ‘मुस्कान’ ले बताए । सभालाई सम्बोधन गर्न पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांगेस केन्द्रिय सदस्य पुष्पा भुसाल, पूर्वकेन्द्रिय सदस्य रेवतीप्रसाद भुसाल लगायत एमालेका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभापछि आन्दोलन थप सशक्त हुने नेताहरुले बताएका छन् । 
मोटरसाइकल र टिपर तोडफोड 
पाल्पाका बन्दकर्ताले पाल्पामा एक भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको टिपर तोडफोड गरेका छन् । बुटवलतर्फबाट पाल्पा आउदै गरेको मोटरसाइकल र टिपरलाई सिद्दार्थ राजमार्गको वृन्दावनमा तोडफोड गरेका हुन् । यहाँका युवा, विद्यार्थी, तरुणले राखेको अनिश्चितकालिन बन्दका बेला राजमार्गमा चलाएको तोडफोड गरेका हुन् ।  
भारतीय नम्बर प्लेटको युपी ५३ ए जेड ०२५२ नम्बरको मोटरसाइकल र लु १ ख ५४८८ नम्बरको टिपरलाई तोडफोड गरेका हुन् । अघिल्लो सीमांकनअनुसार प्रदेश नम्बर ५ मा परेका पहाडी जिल्ला छुटाएर ४ नम्बरमा लैजाने सरकारको प्रस्तावविरुद्ध राजनीतिक दल, युवा, विद्यार्थी, तरुणले गरेको अनिश्चितकालीन आइपुग्दा जनजीवन कष्टकर बन्दै गएको छ । दलहरुले पेशाकर्मी, संचारकर्मी, नागरिक समाजसंँग अन्तरक्रिया गरेका छन् । ५ नम्बर प्रदेश टुक्रयाएको विरोधमा भोलि हुने जनप्रदर्शनलाई भव्य बनाउने बताए । 
अनिश्चितकालीन बन्दले तानसेन लगायत ग्रामीण भेगका साथै सिद्दार्थ राजमार्ग र गुल्मी, अर्घाखाँंची जाने सडकमा सवारी साधन बन्द भएको छ । विद्यार्थी र युवाहरु चोक र सडकमा नारा जुलुस गर्दै हिडेका छन् । तानसेनबाट छुट्ने लामो तथा छोटो दुरीको सवारी साधन बन्द भएका छन् । प्रेस, दूध, पानी, पर्यटक र एम्बुलेन्सलगायतका सवारीसाधनलाई भने प्रदर्शनकारीले चल्न दिएका छ्न । 
युवा संघद्धारा प्रदर्शन
लमजुङमा एमालेको भातृसंस्था युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेको छ । पार्टी कार्यालय र वरपरबाट निस्केका एमाले भातृसंगठनका कार्यकर्ताले ब्यानार र झण्डा लिएर भीमसेनस्थान चोकमा प्रदर्शन गरेका थिए । भीमसेनस्थान चोकमै उनीहरुले सभा गरे । आइतबार अपरान्ह उनीहरुले गरेको प्रदर्शनका कारण बेंसीसहरको भीमसेनस्थान चोकमा केही बेर सवारी आवागमन असहज बनेको थियो । प्रहरी र ट्राफिक मिलेर सवारी साधनलाई गन्तब्यमा जान सहज वातावरण बनाएको थियो । प्रदर्शनमा उत्रिएका युवाहरुले संविधान संशोधनको प्रस्ताव भारतको ‘डिजाइन’ मा भएको आरोप लगाएका थिए । संशोधन प्रस्ताव विरुद्ध जनसागर उर्लिएको भन्दै उनीहरुले फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए । फिर्ता नलिए उनीहरुले रगतको खोलो बग्ने सम्मको चेतावनी दिए । 
युवा संघ जिल्ला संयोजक हिरालाल विकले संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा संशोधन गर्नतर्फ लागेर सरकार ‘उल्टो बाटो’ हिँड्न खोजेको आरोप लगाए । उनले भारतको इशारामा सरकारले संविाधन संशोधन गर्न खोजेको आरोप लगाए । ‘जस्का लागि संशोधन भनिएको छ, जुन ठाउँको लागि भनिएको छ, त्यहींका जनता मानिरहेका छैनन् । जवर्जस्ती संशोधन गरिए रगतको खोलो बग्नसक्छ’ उनले भने ।
युवा संघका केन्द्रीय सदस्य गोविन्द बस्नेतले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म विरोध प्रदर्शन जारी राख्ने बताए । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य जुन तामाङले संविधान संशोधनको विषयलाई लिएर संविधान तुहाउने खेल भइरहेको आरोप लगाए । ‘पहिले संविधान कार्यान्वयन गर्नुपर्नेमा कार्यान्वयन नगरी संशोधनमात्रै गर्दै गए देश कहाँ पुग्छ ?’ उनले भने । अहिलेको संविधान संशोधन प्रस्ताव विदेशी चलखेलमा भएकाले मान्न नसकिने उनीहरुले बताएका छन् । विरोध प्रदर्शन कार्यक्रममा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल, उपसचिव शुभाष पौडेल लगायत समेत थिए । 
 ,